दफा १७
दृष्टिविहिन र अशक्त पदाधिकारी वा सदस्यलाई विशेष सुविधा

(१) कुनै पदाधिकारी वा सदस्य दृष्टिविहिन वा शारीरिक रुपले अशक्त भई हिँडडुल गर्न निजलाई परिचारकको सेवाको आवश्यकता छ भन्ने कुरा सभामुख वा अध्यक्षलाई लागेमा त्यस्तो पदाधिकारी वा सदस्यको साथ रहने एकजना परिचारक उपलब्ध गराइनेछ ।

(२) पदाधिकारी वा सदस्यको साथमा उपदफा (१) बमोजिम रहेको परिचारकलाई देहाय बमोजिमको सुविधा प्राप्त हुनेछ:–

(क) दैनिक भत्ता: पदाधिकारी वा सदस्यले पाउने दैनिक भत्ताको आधा ।

(ख) भ्रमण भत्ता: पदाधिकारी वा सदस्यले भ्रमण गर्दा पाए सरहको सुविधा ।

(ग) लुगा भत्ता: अनुसूची–१ बमोजिम ।